ढल्केबर सबस्टेशन असारभित्रै सक्ने टेलमोसको प्रतिवद्धता

0
233


२१ जेठ, काठमाडौं । धनुषाको ढक्केबरमा सव स्टेसन निर्माण गरिरहेको ठेकेदार टेलमोस इलेक्ट्रोनिक्सले असार भित्रै काम सक्ने प्रतिवद्धता जनाएको छ ।

आइतबार ढल्केबर पुगेको प्राधिकरणको टोलीसँग टेलमोसले असार भित्रै काम सक्ने प्रतिवद्धता जनाएको हो । यसअघिको ठेकेदार सेन्ट्रल चाइना पावर गि्रड -सिसिपिजी)ले समयमै काम अघि नबढाएपछि प्राधिकरणले ठेक्का तोडरे बाँकि कामको जिम्मा टेलमोसलाई दिएको थियो ।

चिनीयाँ कम्पनीले झन्डै ८० प्रतिशत काम सकेको छ । २० प्रतिशत काम अहिले टेलमोसले अघि बढाइरहेको छ । अहिले टेलमोसको काम सन्तोषजनक देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

टेलमोसका ठेकेदारलाई निर्देशन दिँदै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काम असार भित्रै सक्न निर्देशन दिएका छन् । घिसिङले निर्देशन दिँदै भने, ‘असारमा जसरी पनि सबस्टेशन चार्ज गर्नुपर्छ, सयमै काम सक्ने गरि काम गर्नुहोस् ।’

टेलामोस र प्राधिकरणबीच भएको सम्झौता अनुसार सबस्टेशन निर्माणको काम जुलाई १८ भित्रै सक्नुपर्छ । प्राधिकरणले अहिले २२०/१३२ केभीको ट्रान्सर्फमर भाडामा लिएर भारतको मुजˆफपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । विद्युत आयात गर्नका लागि प्राधिकरणले मुजˆफरपुरमा १ सय एमभिएका दुईवटा ट्रान्समिटर राखेको छ ।

ढल्केबरमा सबस्टेसन बनेपछि प्राधिकरणले मुजˆफपुरमा ट्रान्सर्फमर राख्नुपर्दैन भने थप विद्युत् आयात पनि गर्न सकिन्छ । प्राधिकरणका अनुसार सुख्खा समयमा यो प्रसारणलाइनबाट १ सय ४० मेगावाटम्म विद्युत आयात भएको थियो ।

यही प्रसारणलाइनलाइई ४४०/२२२ मा पनि चार्ज गर्न लागिएको छ । जसका लागि पनि सबस्टेश निर्माणको काम अघि बढाइएको छ । सन् २०१९ को सेप्टेम्बर भित्रै काम सक्ने गरि काम अघि बढेको प्राधिकरणले जानकारी दिएको छ ।