Posted on

स्पेनमा समाजवादी सत्ता, सान्चेज बने इतिहासकै पहिलो नास्तिक प्रधानमन्त्री

स्पेनमा समाजवादी सत्ता, सान्चेज बने इतिहासकै पहिलो नास्तिक प्रधानमन्त्री स्पेनमा समाजवादी सत्ता, सान्चेज बने इतिहासकै पहिलो नास्तिक प्रधानमन्त्री Spanish Socialist Pedro Sanchez


२० जेठ, काठमाडौं । पेद्रो सान्चेज स्पेनको नयाँ प्रधानमन्त्री बनेका छन् । सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे ।

स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।

यसअघिका प्रधानमन्त्री मारियानो रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीको तर्फबाट सान्चेजले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आधुनिक स्पेनको इतिहासमा रखाय यस्तो पहिलो प्रधानमन्त्री हुन् जसलाई अविश्वासको प्रस्तावमा हारेर पद त्याग्नु पर्‍यो ।

नयाँ प्रधानमन्त्री बनेका सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन् । सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ । उनलाई अरु ६ दलका सांसदहरुले समर्थन गरेका छन् ।

आगामी हप्ता उनले मन्त्रिपरिषद बिस्तार गर्ने बताइएको छ ।

को हुन् सान्चेज ?

पेद्रो सान्चेजको जन्म स्पेनको राजधानी मड्रिडमा २९ फेब्रुअरी, १९७२ मा भएको थियो । उनले क्यामिलो जोस सेला युनिभर्सिटीमा पढेका थिए ।

४६ वर्षीय सान्चेज एक अर्थशास्त्री र बास्केटबल खेलाडीसमेत हुन् । उनी सन् २०१४ सम्म कुनै ठूलो नेता थिएनन् । तर, २०१४ मा स्पेनिश सोशलिस्ट पार्टीको प्रमुख बने । त्यसपछि उनले पार्टीलाई एकढिक्का बनाउने र समाजवादीलाई सत्तामा ल्याउने बाचासहित चुनाव जिते ।

चुनावको क्रममा उनले हजारौं किलोमिटर यात्रा कारबाट गरेका थिए । त्यसक्रममा उनले शहरका बिभिन्न स्थानमा कार्यकर्ताहरुको घेरामा रात गुजारेका थिए ।

सोशलिस्ट पार्टीमा आवद्ध हुनुअघि उनी मड्रिड शहरको काउन्सिलर थिए ।

Leave a Reply