स्वयम्भूमा निःशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर

0
41


काठमाडौं, जेठ १९ । लायन्स क्लब अफ काठमाडौं होली स्माइलले भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा काठमाडौंको स्वयम्भूमा शनिबार एकदिने निःशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं होली स्माइलका अध्यक्ष दीपक मानन्धरले शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरुको उपस्थिति उत्साहजनक रहेको बताए ।

शिविरमा पाठेघरको मुखको तथा स्तन क्यान्सरबारे जनचेतनामूलक सन्देश तथा परामर्श दिइएको थियो ।

अरु क्यान्सरहरु पहिला नै थाहा नहुने तर पाठेघरको मुखको क्यान्सर १० वर्षअगाडि नै थाहा हुने भएकाले नियमित परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।