Posted on

साहित्यकारहरुलाई सम्मान

साहित्यकारहरुलाई सम्मान साहित्यकारहरुलाई सम्मान 1527944712samman final


काठमाडौं, जेठ १९ । साहित्यकार तथा प्राध्यापक कुलचन्द्र कोइरालाको २५औं स्मृति दिवसका अवसरमा कुलचन्द्र कोइराला राष्ट्रिय प्रतिष्ठानले साहित्यकारहरुलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि रमेश खकुरेललाई नगद २५ हजार रुपैयाँसहित सम्मानित गरियो ।

त्यसैगरी, साहित्यकार सुरेशराज शर्मा र पार्शमणि भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिष्ठानका तर्फबाट सम्मानित गरेका हुन् ।

कार्यक्रममा कुलचन्द्र कोइरालाको जीवनी ‘स्मृति र दृष्टि’ तथा रजतजयन्ती स्मारिका विमोचन पनि गरियो ।

Leave a Reply