रगत अभाव हुन नदिन सरस्वती गोविन्द फाउण्डेशन सक्रिय

0
137


१९ जेठ,काठमाडौं । काठमाडौंका अस्पतालहरुमा रगतको अभाव भएको भन्दै नेपाल रेडक्रस सोसाइटीले सरस्वती गोविन्द फाउन्डेशनसँग मिलेर ललितपुरको भैंसेपाटीमा खुला रक्तदान शिविर चलाएको छ ।

होटल र्‍याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठले सामाजिक कामका लागि स्थापना गरेको सरस्वती गोविन्द फाउन्डेशनले रक्तदानको व्यवस्थापन गरेको आयोजकले जनाएको छ । सो अवसरमा १४० जनाले रक्तदान गरेको सो कार्यक्रमको सबै प्रायोजन र्‍याडिसन होटलले गरेको रेडक्रसले जनाएको छ ।

काठमाडौंका अस्पतालमा रगत अभाव हुन नदिन फाउण्डेशन क्रियाशील रहने श्रेष्ठले बताए । उद्योग व्यवसाय गरेर कमाएको नाफाको केही प्रतिशत समाजलाई फिर्ता गर्ने भन्दै श्रेष्ठले आफू र पत्नी सरस्वतीको नामबाट सरस्वती गोविन्द फाउण्डेशन गठन गरेका हुन् ।

फाउण्डेशनले हालै म्याग्दीको गलेश्वरमा ५० लाखको तीर्थयात्री धाम निर्माणमा सहयोग गरेको छ भने ललितपुरका सामुदायिक विद्यालयका विद्यार्थीका लागि वाषिर्क १० लाख रुपैया सहयोग गर्ने सम्झौता गरेको छ ।