अन्जु र संचिताको गठबन्धन

0
230


गायिका अन्जु पन्त, जसको स्वरमा माधुर्य छ । उनको गीतमा आफ्नै मिठास हुन्छ । ‘न बिर्से तिमीलाई’ फेम गायिकाले नेपाली फिल्मको पाश्र्व गायनमा पनि छुटै स्थान बनाएकी छिन् ।

अब कुरा गरौं, सञ्चिता लुईटेलको । नेपाली फिल्मका अभिनेत्री उनी दुई सन्तानकी आमा हुन् । आफ्ना छोराछोरीलाई हुर्काउने कामसँगै उनले आफ्नो करियरलाई पनि अघि बढाइरहेकी छिन् । अब अन्जु पन्त र सञ्चिता लुईटेल एकै ठाउँमा उभिए कस्तो होला ?

‘तिम्रा हजार गल्ती’ गीतले उनीहरुलाई एकै ठाउँमा ल्याइपुर्‍याएको छ । अन्जु पन्तको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा सञ्चितालाई फिचरिङ गराइएको छ । सञ्चिताको साथमा जीवन भट्टराई र गीत पछाईले पनि अभिनय गरेका छन् ।

मायाप्रेमको यो गीत विजय गुरुङले लेखेका हुन् । विनोद पछाइले धुनबद्ध गरेका हुन् । देबेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् । यसरी तयार भएको गीतलाई निशान काश्यापले आकर्षक ढंगले निर्देशन गरेका छन् । अर्जुन तिवारीले दृश्यांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । नवनारी मिडियाले उक्त म्युजिक भिडियो प्रस्तुत गरेको हो ।