देश लोडसेडिङमुक्त भए पनि सर्लाही छिनछिनमा अन्धकार

0
42


प्रकाश मैनाली/ईमेज:
सर्लाही, जेठ १९ । लोडसेडिङमुक्त देश घोषणा भए पनि सर्लाही जिल्लामा भने विद्युत् कटौती भइरहेको छ । बढ्दो गर्मीसँगै छिनछिनमै विद्युत् कटौती हुँदा जिल्लावासी हैरान भएका छन् ।

प्रकाश मैनाली/ईमेज:
सर्लाही, जेठ १९ । लोडसेडिङमुक्त देश घोषणा भए पनि सर्लाही जिल्लामा भने विद्युत् कटौती भइरहेको छ । बढ्दो गर्मीसँगै छिनछिनमै विद्युत् कटौती हुँदा जिल्लावासी हैरान भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले बैशाख ३१ गतेबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गर्‍यो । लोडसेडिङमुक्त घोषणा त भयो तर पहिलेजस्तै छिनछिनमा विद्युत कटौती हुने क्रम भने जारी नै छ ।

दैनिकजसो ३÷४ घण्टा लोडसेडिङ हुन थालेपछि जिल्लावासी मारमा परेका छन् ।

विद्युतप्राधिकरणले लोडसेडिङ छैन् भन्छ, तर दिनमा तीन–चार घण्टा विद्युत अवरुद्ध भैरहेको छ । मुलुक लोडसेडिङ मुक्त भएपनि आफूहरुमा कुनै उल्लास नरहेको गुनासो सर्वसाधारणको छ ।

विद्युत अनियमित हुनु मात्रै होइन् लाइन आएको बेला समेत भोल्टेज नआउने समस्याले जिल्लावासीलाई उत्तिकै पिरोलेको छ ।

अनियमित कटौती र भोल्टेजको समस्याले उद्योगी र कलकारखाना सञ्चालक थप मारमा परेको द्योग वाणिज्य संघ ईश्वरपुरका वरिष्ठ उपाध्यक्ष गौरीशंकर शाह बताउँछन् ।

नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले भने रौतहटको चन्द्रनिगाहपुरबाट सर्लाही जिल्लाका लागि तानिएको ३३ केभी प्रशारण लाइनमा पटक/पटक खराबी आउँदा यस्तो समस्या देखा परेको जनाएको छ ।

विद्युत् अनियमित हुनुमा जिल्लामा कुनै समस्या नरहेको प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोको भनाइ छ ।

एकातिर मुलुक लोडसेडिङमुक्त घोषणा हुनु र अर्कोतिर दैनिक ३/४ घण्टा लोडसेडिङ भइरहनु आफैँमा लज्जाजनक छ ।

विद्युत्को आपूर्तिमा कुन ठाउँबाट समस्या भएको हो त्यसलाई तुरुन्त पहिचान गरी घोषणा कार्यान्वयन गर्नुपर्छ ।