कोरियन भाषा परीक्षाको केन्द्र तोकियो (सूचीसहित)

0
266


सांकेतिक तस्वीर

१९ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ । भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ ।

काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ । त्यसका लागि २८ वटा केन्द्र तोकिएको छ ।

भाषा परीक्षा दुई सिफ्टमा हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्दछ । सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ ।

हेर्नुहोस् परीक्षा केन्द्रको सूची