उदयपुरमा चट्याङ लागेर तीनजनाको मृत्यु, एकजना घाइते

0
168


उदयपुर, जेठ १८ । उदयपुरको सुनकोसी गाउँपालिकाको वडा नं २ ताम्लिछामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

उदयपुर, जेठ १८ । उदयपुरको सुनकोसी गाउँपालिकाको वडा नं २ ताम्लिछामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

बिहीबार राति हावाहुरीसहित परेको चट्याङले कृष्णबहादुर भुजेलका ८ बर्षीय छोरी बिष्णुमाया भुजेल, खड्ग भुजेलका ११ बर्षीय छोरा कौशल भुजेल र सोही ठाउँ निवासी ६३ वर्षीय धनप्रसाद राईको मृत्यु भएको हो ।

भुजेलका अर्का ६ वर्र्षीय छोरा रिजक भुजेल घाइते भएको उदयपुर प्रहरीले बताएको छ ।

सुनकोसी गाउँपालिका जिल्लाकै विकट गाउँपालिका हो ।