नीति तथा कार्यक्रममा राजपाले हाल्यो संशोधन

0
172


फाइल फोटो

८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुलभूत मुद्धा सम्बोधन नभएको भन्दै संशोधन दर्ता गराउने निर्णय गरेको हो ।

त्यसैगरी विभिन्न समयका आन्दोलनमा शहीद भएकाको आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिने छ भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने तर्क पनि उसले गरेको छ ।

बैठक लगत्तै राजपाले संसद सचिवालय पुगी नीति तथा कार्यक्रममा संसोधन दर्ता गराएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले पनि संशोधन दर्ता गराएका छन् ।