ठूलो परिमाणमा गाँजासहित दुईजना पक्राउ

0
45


सुवर्ण श्रेष्ठ (इमेज):
हेटौंडा, जेठ २ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा गाँजासहित बुधबार बिहान दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–४ का सुदीप कोइराला र सोही ठाउँ बस्ने रामकृष्ण ब्लोन छन् । उनीहरु दुवैलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

बुधबारै हेटौंडामा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।

कोइरालाको घरबाट १५० किलो र ब्लोनको घरबाट १६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।