दुई करोड ६० लाख नक्कली नेपाली नोटसहित ६ जना समातिए

0
103


काठमाडौं, जेठ २ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस