टुँडिखेलमा मोदीलाई गार्ड अफ अनरको सम्मान

0
142


२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिइएको छ ।

जनकपुर भ्रमण सकेर काठमाडौं आएका उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

यसअघि केही महिना पहिले नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि टुुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिइएको थियो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने मोदी दोस्रो विशिष्ट पाहुना हुन् । यसअघि विमानस्थलमा नै गार्ड अफ अनरको सम्मान दिने प्रचलन थियो ।टुँडिखेलमा मोदीलाई गार्ड अफ अनरको सम्मान Narendra Modi and KP Sharma Oli at Tudikhelटुँडिखेलमा मोदीलाई गार्ड अफ अनरको सम्मान Narendra Modi and KP Sharma Oli