नेपाली तथा जापानी कलाकारहरुलाई स्वागत तथा बिदाई कार्यक्रम गर्ने

0
153

२०१५ बैशाखमा गएको भूकम्पको बिषयलाई लिएर बनाएको चलचित्र *माईलभ फर प्रोमिस काठमाण्डौ*को प्रदर्शनको लागि जापान आउनु भएका नेपाली कलाकारहरु तथा उक्त चलचित्रका  जापानी कलाकारहरुलाई नेवा:जागरण मंच जापानले आउँदो आईतवार शिबुयाको चुबाकी गार्डेनको हलमा स्वागत तथा बिदाई कार्यक्रम गर्ने भएको छ l

उक्त चलचित्रका डाइरेक्टर प्रा..डा तोशिकी इतोको प्रमुख अतिथिमा कार्यक्रम हुने भएको जानकारी मंचका अध्यक्ष जनक राज शाक्यज्युले जानकारी दिनु भएको छ lउक्त कार्यक्रममा सहभागि हुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आह्वान गरिएको छ l

प्रा.डा.तोशिकी ईतोजुले  नेपाली चलचित्रहरु कठपुतली र शिशिरको फुलमा पनि डाइरेक्टर गरि सक्नु भएको छ l

लबस्टोरी,गीत र भूकम्पको प्रमुख बिषय बस्तुलाई लिएर बनाएको माईलभ फर प्रोमिस काठमाण्डौ सम्पूर्ण नेपालीहरुले एकपटक हेर्ने पर्ने चलचित्र भएको कुरा नेपालीकलाकारहरुका टोली प्रमुख तथा उक्त चलचित्रका प्रमुख कलाकार तथा प्रोड्युसर गणेश लामाज्युले बताउनु भएकोछ l

VENUE:TSUBAKI GARDEN

Date: 2018 May 13 ,Sunday

Time: PM17:00

Address: Camineet 1F, 1-3-1 Higashi,Shibuya-Ku,Tokyo

所在地: 〒150-0011 東京都渋谷区 東1-3-1 カミニート1F4号

電話: 03-3409-8090