कियाचु मलेसियाद्धारा पत्रकारद्धय लिम्बू र गायक राईलाई सम्मान गर्ने

1
313

क्वालालम्पुर । किराँत याक्थुङ चम्लुङ मलेसियाद्धारा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ, संगठन विभाग सचिव मिलन लिम्बू, लिम्बू पत्रकार संघ नेपालका अध्यक्ष देबेन्द्र लिम्बू र जनगायक राजन राईलाई एक कार्यक्रमबिच सम्मान गर्ने भएको छ ।

यही आउँदो आइतबार १३ मे का दिन बेलुका ५ बजे लोजीना रेष्टुरेण्टस्थित एक कार्यक्रमबीच सम्मान कार्यक्रमको आयोजना गरिएको किराँत याक्थुङ चम्लुङ मलेसियाका अध्यक्ष कृष्ण बहादुर आङदेम्बे लिम्बूले जानकारी गराउनुभयो ।

नेपाल आदीवासी जनजाती पत्रकार महासंघ मलेसियाको प्रथम अधिवेशन समुद्घघाटन समारोहलाई सम्बोधन गर्न मलेसिया आउनुभएका फोनिज संगठन सचिव मिलन लिम्बू र लिम्बू पत्रकार संघ नेपालका अध्यक्ष तथा साहित्यकार देबेन्द्र लिम्बू “मलेसियामा नेपाली साहित्य” नामक खोजमुलक पुस्तक बिमोचनको लागि मलेसिया आउनुभएको हो ।

1 COMMENT

  1. यही आउँदो आइतबार १३ मे का दिन बेलुका ५:) बजे क्वालालम्पुरस्थित लोजीना रेष्टुरेण्टमा किराँत याक्थुङ चम्लुङ मलेसियाद्धारा नेपाल आदीवासी जनजाती पत्रकार महासंघका संगठन विभाग सचिव मिलन लिम्बू, लिम्बू पत्रकार संघ नेपालका अध्यक्ष देबेन्द्र लिम्बू र जनगायक राजन राईलाई सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरिएको हुदा यहाँको गरिमामय उपस्थितीको लागि अनुरोध गरिन्छ ।
    महासचिव
    रुसाहाङ लिम्बू
    किराँत याक्थुङ चम्लुङ मलेसिया