८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण

0
59


धनकुटा, जेठ २० । रोटरी क्लब अफ इटहरी र रोट्र्याक्ट क्लब अफ इटहरीले धनकुटाको पाख्रिबासमा करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ ।

धनकुटा, जेठ २० । रोटरी क्लब अफ इटहरी र रोट्र्याक्ट क्लब अफ इटहरीले धनकुटाको पाख्रिबासमा करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ ।

क्लबले पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी औषधि वितरण गरेको हो । शिविरमा उपचारका लागि आएका सर्वसाधारणलाई पाँचलाख र स्थानीय स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको हो ।

शिविरमा एक हजार २७० बिरामीले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक कृष्णराज श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखा, हाडजोर्नी, मुटु तथा गाइनोका बिरामी आएका थिए । दुई दिनसम्म चलेको सो शिविरमा नोबेल मेडिकल कलेज धनकुटा उद्योग बाणिज्य संघ, तथा पाख्रिवास नगरपालिकाले सहयोग गरेको थियो ।