सिद्धबाबा पहिरो पार गर्दै गरेका युवक बेपत्ता

0
46


१८ जेठ, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडक खण्डको हेडबक्समा खसेको पहिरो पार गर्ने क्रममा १ जना बेपत्ता भएका छन् ।

दोभान हुँदै बुटवलतर्फ आइरहेका मोहन रेश्मी सम्पर्कविहीन भएको रेश्मीसंगै आएका मोहन बरालले अनलाइनखबरलाई जानकारी दिए ।

रेश्मी पहिरोमा पुरिए वा सुरक्षित अवस्थामा कतै छन् भन्ने यकिन हुन सकेको छैन । उनले बोकेको मोबाइलमा घण्टी गए पनि बिहान ६ बजेदेखि साढे ९ बजेसम्म रिसिभ हुन नसकेको बरालले बताए ।

रेश्मी सम्पर्कविहीन भएकोबारे जिल्ला प्रहरी कार्यालय पाल्पालाई जानकारी गराइएको प्रहरी हवल्दार बिनबहादुर थापाले बताए ।