रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव

0
107


१८ जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलका लागि रसियाका विभिन्न ११ सहरमा १२ रंगशाला तयारी अवस्थामा छन् । आउँदो जुन १४ देखि जुलाई १५ सम्म यी रंगशालामा फुटबल उत्सव लाग्नेछ । ८० हजार दर्शक क्षमताको लुजान्की रंगशालासँगै ३५ हजार दर्शक क्षमताको एकाटेरिङवर्ग रंगशालासम्म खेलहरु तय भएका छन् ।

१) एकाटेरिङवर्ग रंगशाला, एकाटेरिङवर्ग

एकाटेरिङवर्ग सहरमा रहेको एकाटेरिङवर्ग रंगशाला उरल पहाडको उचाइमा रहेको छ । सन् १९५३ मा बनेको रंगशाला एफी उरलको घरेलु मैदान हो । जहाँ ३५ हजार दर्शक क्षमता रहेको छ । यसको सन् २०१४ देखि २०१७ सम्म पुननिर्माण गरिएको थियो ।

यहाँ जुन १५ मा इजिप्ट र उरुग्वे, जुन २१ मा फ्रान्स र पेरु, जुन २४ मा जापान र सेनेगल साथै जुन २७ मा मेक्सिको र स्वीडेनबीच खेल हुनेछ ।

२) कालिनिङरड रंगशाला, कालिनिङरड

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Kaliningrad Stadium Kaliningrad

कालिनिङरड सहरको यो रंगशाला बाल्टिक समुन्द्री तटमा रहेको छ । यहाँ ३५ हजार दर्शक क्षमता रहेको छ । सन् २०१६ बाट यो रंगशालाको पुनर्निर्माण गरिएको हो ।

यहाँ जुन १६ मा क्रोयसिया र नाइजेरिया, जुन २२ मा सर्विया र स्वीट्जल्याण्ड, जुन २५ मा स्पेन र मोरक्को साथै जुन २८ मा इंग्ल्याण्ड र बेल्जियमबीच खेल हुनेछ ।

३) कजान रंगशाला, कजान

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Kazan Arena Kazanकजान टार्टस्थान राज्यको राजधानी हो । कजान रंगशाला वल्र्ड युनिभर्सिटी खेलका लागि सन् २०१३ मा निर्माण गरिएको हो । यो रुबिन कजान क्लबको घरेलु मैदान हो । जहाँ ४५ हजार दर्शक क्षमता रहेको छ ।

यहाँ जुन १६ मा फ्रान्स र अस्ट्रेलिया, जुन २० मा इरान र स्पेन, जुन २४ मा पोल्याण्ड र कोलम्बिया, जुन २७ मा दक्षिण कोरिया र जर्मनीबीच साथै जुन ३० मा हुने अन्तिम १६ को एक खेल र जुलाई ६ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

४) लुजान्की रंगशाला, मस्को

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Luzhniki Stadium Moscowआयोजक रसिया र साउदी अरेबियाबीच उद्घाटन खेल हुने यो रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ । यहाँ विश्वकप फाइनल खेल पनि हुनेछ ।

१९५० को दशकमा निर्माण गरिएको यो रंगशाला सन् २०१३ बाट पुनर्निर्माण गरिएको हो । यहाँ १९८० को ओलम्पिक खेलहरु पनि भएका थिए ।

सिएसकेए र स्पार्टक क्लबले घरेलु मैदानको रुपमा प्रयोग गरेको यो रंगशाला अहिले रसियाको राष्ट्रिय टिमको मैदान हो ।

यहाँ जुन १४ मा रसिया र साउदी अरेबिया, जुन १७ मा जर्मनी र मेक्सिको, जुन २० मा पोर्चुगल र मोरक्को, जुन २६ मा डेनमार्क र फ्रान्सबीच साथै जुलाई १ मा अन्तिम १६ को एक खेल, जुलाई ११ मा एक सेमिफाइनल खेल र जुलाई १५ मा हुने फाइनल खेल हुनेछ ।

५) स्पार्तक रंगशाला, मस्को

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Spartak Stadium Moscow

स्पार्तक रंगशालामा ४५ हजार दर्शक क्षमता रहेको छ । यहाँ १९९२ मा मैदान र २०१० मा पुनर्निर्माण गरिएको हो । यसको रंगशालाका रुपमा औपचारिक उद्घाटन सन् २०१४ मा गरिएको हो ।

यहाँ जुन १६ मा अर्जेन्टिना र आइसल्याण्ड, जुन १९ मा पोल्याण्ड र सेनेगल, जुन २३ मा बेल्जियमर ट्युनिसिया, जुन २७ मा सर्विया र ब्राजिल साथै जुलाई ३ मा अन्तिम १६ को एक खेल हुनेछ ।

६) निज्नी नोवगोरोड रंगशाला, निज्नी नोवगोरोड

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Nizhny Novgorod Stadium Nizhny Novgorod

निज्नी नोवगोरोड सहरको भोल्गा नदी नजिकै रहेको यो रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१५ मा निर्माण थालिएको रंगशाला यही वर्ष तयार भएको हो । यो मैदान रसियन क्लब एफसी रोस्तोफको घरेलु मैदान हो ।

यहाँ जुन १८ मा स्वीडेन र दक्षिण कोरिया, जुन २१ मा अर्जेन्टिना र क्रोयसिया, जुन २४ मा इंग्ल्याण्ड र पानामा, जुन २७ मा स्वीट्जरल्याण्ड र कोस्टारिका साथै जुलाई १ मा हुने अन्तिम १६ को एक खेल र जुलाई ६ मा हुने क्वाटरफाइनलको एक खेल हुनेछ ।

७) रोस्तोभ रंगशाला, रोस्तोभ-अन-डन

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Rostov Arena Rostov on Don

रोस्तोभ सहरको यो रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१४ मा निर्माण सुरु गरिएको यो मैदानमा प्राकृतिक घाँस छ ।

यहाँ जुन १७ मा ब्राजिल र स्वीट्जल्याण्ड, जुन २० मा उरुग्वे र साउदी अरेबिया, जुन २३ मा दक्षिण कोरिया र मेक्सिको, जुन २६ मा आइसल्याण्ड र क्रोयसिया साथै जुलाई २ मा हुने अन्तिम १६ को एक खेल हुनेछ ।

८) सेन्ट पिटर्सवर्ग रंगशाला, सेन्ट पिटर्सवर्ग

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव St Petersburg Stadium St Petersburg

लुजान्कीपछिको महत्वपूर्ण रंगशालाका रुपमा यसलाई हेरिएको छ । यहाँ ६७ हजार दर्शक क्षमता रहेको छ । यो मैदानमा गत वर्षको कन्फेडेरेसन कपको उद्घाटन र फाइनल खेल भएको थियो । यो सेन्ट जेन्ट पिटर्सवर्ग क्लबको घरेलु मैदान हो ।

यहाँ जुन १५ मा मोरक्को र इरान, जुन १९ मा रसिया र इजिप्ट, जुन २२ मा ब्राजिल र कोस्टारिका, जुन २६ मा नाइजेरिया र अर्जेन्टिना साथै जुलाई ३ मा हुने अन्तिम १६ को खेल, जुलाई १० मा हुने एक सेमिफाइनल खेल र तेस्रो स्थानका लागि जुलाई १४ को लागि हुने खेल हो ।

९) सामरा रंगशाला, सामरा

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Samara Arena Samara

सामरा सहरको सामरा रंगशालामा ४५ हजार दर्शक क्षमता रहेको छ । यो सामरा राज्यको राजधानी पनि हो । दोस्रो विश्वयुद्धको दौरान यहाँ रुसी राज्यका कार्यालयहरु पनि थिए ।

यहाँ जुन १७ मा कोस्टारिका र सर्बिया, जुन २१ मा डेनमार्क र अस्ट्रेलिया, जुन २५ मा उरुग्वे र रसिया, जुन २८ मा सेनेगल र कोलम्बिया साथै जुलाई २ मा हुने अन्तिम १६ को एक खेल र जुलाई ७ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

१०) मोर्दोभिया रंगशाला, सारान्सक

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Mordovia Arena Saransk

सारान्सक सहरको यो रंगशालाको दर्शक क्षमता ४४ हजार रहेको छ । सन् २०१० मा निर्माण सुरु गरिएको रंगशालाको क्षमता वृद्धि गर्दै अप्रिल २०१८ मा सकिएको थियो । यो एफसी मोर्दोभियाको घरेलु मैदान पनि हो ।

यहाँ जुन १६ मा पेरु र डेनमार्क, जुन १९ मा कोलम्बिया र जापान, जुन २५ मा इरान र पोर्चुगल साथै जुन २८ मा पानामा र ट्युनिसियाबीच खेल हुनेछ ।

११) फिस्ट रंगशाला, सोची

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Fisht Stadium Sochi

सोची सहरमा अवस्थित फिस्ट रंगशालामा सन् २०१४ को विन्टर ओलम्पिक पनि भएको थियो । यसको दर्शक क्षमता ४८ हजार रहेको छ । यो मैदानलाई विश्वकप सकिएपछि रसिया राष्ट्रिय टिमको अभ्यास गर्ने मैदानको रुपमा प्रयोग गरिने छ ।

यहाँ जुन १५ मा पोर्चुगल र स्पेन, जुन १८ मा बेल्जियम र पानामा, जुन २३ मा जर्मनी र स्वीडेन, जुन २६ मा अस्ट्रेलिया र पेरु सार्थ जुन ३० मा हुने अन्तिम १६ को एक खेल र जुलाई ७ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

१२) भोल्गोगार्ड रंगशाला, भोल्गोगार्ड

रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव Volgograd Arena Volgograd

भोल्गोगार्ड रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१५ मा निर्माण सुरु गरिएको रंगशालाको निर्माण यही वर्ष सकिएको थियो । विश्वकपपछि यो मैदान एफसी रुटरको घरेलु मैदानको रुपमा प्रयोग हुनेछ ।

यहाँ जुन १८ मा ट्युनिसिया र इंग्ल्याण्ड, जुन २२ मा नाइजेरिया र आइसल्याण्ड, जुन २५ मा साउदी अरेबिया र इजिप्ट साथै जुन २८ मा जापान र पोल्याण्डबीचको खेल हुनेछ ।