‘काठमाडौं महानगरपालिकालाई नागरिकमैत्री बनाउँछु’

0
39


काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरको प्रशासनलाई भ्रष्टाचारमुक्त तुल्याउने दिशामा आफ्नो जोड रहेको बताएकी छन् ।

महानगरपालिकाका पदाधिकारीहरुले पदभारग्रहण गरेको एक वर्ष पुगेको अवसरमा बिहीबार राजधानीमा आयोजित पत्रकार कार्यक्रममा उनले महानगरपालिकालाई नागरिकमैत्री बनाउने बताइन् ।

उनले नगरभित्र हुने जुनसुकै निर्माणकार्यको स्थानीय तहबाट स्वीकृति लिनुपर्ने व्यवस्था गराउने प्रयास भइरहेको दाबी पनि गरिन् ।