यस्तो छ आज, मेष र मकर सहज 

0
3

[ad_1]

२०७४, फाल्गुन २ गते बुधबार, फाल्गुनकृष्ण चतुर्दशी, श्रवण नक्षत्र, व्यातिपात योग, मकरमा चन्द्रमा

मेषः दिन उत्तम रहनेछ । आटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । दीर्घकालीन काम बन्नेछ । 

वृषः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि कम हुनेछ । तीर्थव्रतमा व्यवधान आउन सक्नेछ । धैर्य गर्नु निकै बेस हुनेछ । 

मिथुनः दिन प्रतिकूल रहनेछ । काम गर्ने जोश जाँगर घट्नेछ । सानातिना समस्याले पनि दुःख दिन सक्नेछन् । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

कर्कटः दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो गरिनेछ । 

सिंहः दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

कन्याः दिन मध्यम रहनेछ । मनमा चिन्ता निके बढ्नेछ । शरीर पनि अस्वस्थ हुनेछ । धैर्य गर्नु बेस हुनेछ । मनोबल कमजोर हुनेछ । 

तुलाः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

वृश्चिकः दिन सार्थक रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । यश, कीर्ति मिल्नेछ । व्यस्तता बढ्नेछ ।

धनुः दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति निकै कमजोर रहने देखिन्छ । खानपानमा पनि होस् पुर्याउनु पर्नेछ । 

मकरः दिन भाग्योदयकारक रहनेछ । आटे ताकेको काम सजिलै बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । मन खिन्न हुनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

मीनः दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा प्रसन्नता छाउनेछ । विद्यामा प्रगति हुनेछ । 

 

[ad_2]