स्वराजलाई भेट्न प्रचण्ड एक्लै सोल्टी होटलमा

0
29

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न एक्लै सोल्टी होटल पुगेका छन्।
दाहालको सचिवालयका अनुसार उनीहरुबीच साढे ९ बजे भेटघाटको समय तय भएको छ।

दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन्।

हिजो सोही होटलमा स्वराजले  एमाले नेताहरूसँग सामुहिक रात्रीभोज गरेकी थिइन्। रात्रीभोजपछि मधेसवादी दलका नेतालाई  सामुहिक रूपमा भेटेकी थिइन्।  स्वराजलाई भेट्न प्रचण्ड भने माओवादीका अन्य नेताहरुलाई नलिई एक्लै सोल्टी होटल पुगेका हुन्।

एमाले नेताहरुसँगको सामुहिक भेट र छलफलअघि अध्यक्ष ओलीले पनि स्वराजसँग वान टु वान वार्ता गरेका थिए।

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दैछन्। उनी आजै भारत फर्कने कार्यक्रम छ।